देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घाइते पैदल यात्रीको परिचय नखुल्दा उपचारमा समस्या

देशान्तर

तनहुँ – बुधबार बिहान बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले बताएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए ।

अचेत रहेकाले उनको हालसम्म पनि नामथर खुल्न सकेको छैन । यसकारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । अन्दाजी वर्ष ३५–४० को देखिने ती पुरुषको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । तिमिल्सेनाले भने, ‘हामीले आफ्नो क्षेत्रबाट घाइतेका आफन्तजनको खोजी गरिरहेका छौं तर भेटाउन सकिरहेका छैनौं ।’

घाइते अवस्थामा सडकमा भेटिएका उनलाई प्रहरीको सहयोगमा तत्काल रत्नहरि अस्पताल दमौलीमा ल्याएर उपचार गराइएकोे थियो । स्वास्थ्य गम्भीर हुँदै गएपछि सो अस्पतालमा मात्र उपचार सम्भव नभएकाले उनलाई पोखरा पठाइएको थियो ।