देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

देशान्तर

हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।