सल्यान- सल्यानमा आइतबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले दुर्घटना ८ जनाको निधन भएको बताए । दुर्घटनास्थलमा ५ जना र उपचार गर्न लैजाने क्रममा बाटोमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्छु डिएसपी थापाले भने, तिहार मनाएर फर्किनेहरु दुर्घटनामा परेका हुन् ।
बसमा के कति यात्री थिए भन्ने यकिन भइनसकेको र घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ । बस सडकबाट २ सय मिटर तल खोलामा बसेको र स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेको छ । घटनास्थल सदरमुकामबाट १ घण्टाको दुरीमा छ ।





प्रतिक्रिया