देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यान बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

देशान्तर

सल्यान– सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिएको छ। प्रहरी नायव उपरीक्षक गोविन्द थापाले ९ जनाको मृत्यु भएको र घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिए।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ४ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो।