सोलुखुम्बु – सोलुखुम्बुमा अवस्थित खाङतेगा पिक आरोहण क्रममा वेपत्ता भएका फ्रान्सेली तीन नागरिकको शव भेटिएको छ ।
कात्तिक ९ गतेदेखि वेपत्ता भएका फ्रान्सेली नागरिकहरू थोमस, गाब्रियल र लुइसको शव आइतबार नेश्नल नेपाल माउण्टेन गाईड प्रालिबाट खटिएका विदेशी संम्मिलित गाईडको टोलीले शव भेट्टाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक कवित कटवालले जानकारी दिए ।
आईतबार वेपत्ताहरुको खोजिका लागि फ्रान्सेली एक्सपोर्ट रेस्क्यु टोली घटनास्थल प्रस्थान गरेको थियो । हिम पहिरोमा परि वेपत्ता बनेका उनीहरुलाई एक्सपोर्ट रेस्क्यू टोली र नेश्नल नेपाल माउण्टेन गाईडको टोलीले संयुक्त रुपमा शव बाहिर ल्याएको छ ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरि शवलाई काठमाण्डौ लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया