देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टे विश्व रेकर्ड ब्रेक गर्न विश्वकै लामो रेडियो अन्तर्वार्ता शुरु

देशान्तर

काठमाण्डौँ – विश्वकै लामो रेडियो अन्तर्वाता शुरु गरिएको छ ।

डेढ दशक देखि सोलुखुम्बुलाई आधार बनाएर पत्रकारिता गरिरहेका भानुभक्त निरौलाले विश्वमै लामो रेडियो अन्तर्वार्ता शुरु गरेका हुन् । उनी सोलुखुम्बु सल्यानका स्थानीय हुन् । उनी हाल हिमाल एफ.एम.को प्रबन्ध निर्देशक हुन् भने मोफसलबाट कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा रिर्पोटिङ गर्छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने हेतुले शुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तर्वार्ता’सोमबार विहान ७.३५ देखि शुरु गरिएको छ । एफ.एम.को चावहिल स्थित शाखा स्टुडियोमा भईरहेको अन्तर्वार्ता सोलुखुम्बुमा रहेको हिमाल एफ.एम.९०.२ मेगाहर्ज र ‘डब्लुडब्लुडब्लुडटहिमालएफएमडटकम’बाट प्रत्यक्ष प्रसारण सुन्न सकिनेछ ।

कम्तीमा ३० घण्टा अन्तर्वार्ता लिने तयारी गरेका निरौलाले २४ घण्टा पार गर्न सके गिनिज बुकको यस अघिको रेकर्ड ब्रेक गर्नेछन् । पत्रकार निरौलासंगै जवाफकर्ताको रुपमा सोलुखुम्बुका पर्यटनविद् आङफिन्जो शेर्पा सहभागी छन् । अन्तर्वार्ता ‘पर्यटन र जलवायू परिवर्तनको असर’विषयमा केन्द्रीत छ ।

अहिले ‘लङगेष्ट रेडियो इन्टरभ्यू’रेकर्ड अष्ट्रेलियाका एक पत्रकार र स्पोर्टस म्यानको नाममा छ ।