देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

देशान्तर

काठमाडौं – गत २४ घण्टाभित्र नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल २ हजार ६०६ जनाको पीसीआर र २ हजार ४२० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४२५ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।