काठमाडौं । नेपाल बार एशोसिएसन (नेबाए)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई अनुरोध गरेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन अनुरोध गरेको हो ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ ।






प्रतिक्रिया