देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युनेस्को महासभामा भाग लिन शिक्षामन्त्री पौडेल फ्रान्स प्रस्थान

देशान्तर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् । १९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनेस्कोको लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।

युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

१२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षा मन्त्रीको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुािक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।