देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुल्यबृद्धिको विरोधमा सत्तारुढ दलनिकट विद्यार्थीको प्रदर्शन

देशान्तर

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन् । विद्यार्थीहरुले आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् ।

निगमको कार्यालय घेर्न पुगेका विद्यार्थीले महाप्रबन्धक पौडेलविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले विहिबार आपूर्तिमन्त्रीलाई मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।