सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा विरोध गरेको भन्दै सल्यानका एक वडाअध्यक्षले स्थानियलाई सेवाबाट प्रतिबन्ध लगाएका छन् ।
बाघचौर नगरपालिका–४, का वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटे राजाको दमन’ लेखेको भन्दै स्थानीय दिल बहादुर केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने भन्दै विज्ञप्ति जारी गरेका छन् ।
केसीले गरेका टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका हुन् ।
वडाअध्यक्ष पुनले जारी गरेको विज्ञप्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।






प्रतिक्रिया