देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रु पाँच लाखसहित आठ जना जुवाडे पक्राउ

देशान्तर

काठमाडौँ – काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट रु पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो । कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।