देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनगणनामा सहभागी हुन सभामुखको आग्रह

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले जनगणनामा सहभागी हुन आग्रह गरेका छन् । जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन उनले सबैमा आह्वान गरेका छन् ।

सभामुख सापकोटाले १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा आज विहान लैनचौरस्थित निवासमा पुगेको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराएका थिए ।

भामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि महत्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।