देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१८४ किलो चरेससहित तीनजना पक्राउ

देशान्तर

चितवन । रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो । पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए ।

गोदमबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । उक्त घटनामा सम्लग्न अन्यको खोजी भइरहेको जनाइएको छ ।