देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रौतहटमा कार दुर्घटना, चार जनाको मृत्यु

देशान्तर

रौतहट । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यमुनामाई गाउँपालिका–५ मा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेले बताए ।