देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१२ वर्ष माथिका दिर्घरोगीलाई आजबाट फाइजर खोप लगाइने

देशान्तर

काठमाडौं । नेपालमा १२ वर्ष माथिका दिर्घरोगीलाई आजबाट कोरोना विरुद्धको फाइजर खोप दिइने भएको छ । कोभ्याक्स सुविधा अनुसार अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप आजबाट लगाउन लागिएको हो ।

मन्त्रालयका अनुसार आजबाट सुरु हुने खोप अभियान मंसिर ४ गतेसम्म जारी रहनेछ । दोस्रो मात्रा खोप मसिंर २७ देखि पुस २ गतेसम्म लगाइने छ ।

१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।

५० हजार दीर्घरोगीलाई खोप लगाउने जनाएको महाशाखाले १८ वर्ष माथिका खोप लगाउन छुटेका दीर्घरोगीलाइ समेत मंसिर ५ देखि ७ गतेसम्म लगाउन सकिने गरी योजना बनाइएको छ ।