दाङ– रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन । जिप दुर्घटनामा परेर घाइते भएका तीनजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
माडी गाउँपालिका(६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको सो जिप दुर्घटनाको कारण खुलेको छैन ।





प्रतिक्रिया