देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंबाट एयर गनसहित एक जना पक्राउ

देशान्तर

काठमाडौं – काठमाडौंबाट एयर गनसहित एकजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नाथले कोठामा अवैध हातहतियार लुकाइराखेको सूचनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा उक्त हतियार फेलापारी उनलाई पक्राउ गरेको जनाइएको छ ।