देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सडक अलपत्र पारेको भन्‍दै आन्दोलनमा उत्रिएका ७ जना पक्राउ

देशान्तर

काठमाडौं – दोलखालाई राजधानीसँग जोड्‍ने मुडे चरिकोट सडक अलपत्र पारेको भन्‍दै आन्दोलनमा उत्रिएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउन पर्नेमा पत्रकार महासंघ केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, श्याम खतिवडा, सिर्जन घिमिरे, राजन बस्नेत, अर्जुन कार्की छन् ।

उनीहरुलाई लामो साँघु- जिरी सडक सुधार आयोजनाका कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको पत्रकार राजन बस्नेतले बताए ।

६ वर्ष अघि ठेक्का लागेको यो सडक ठेकेदारको लापरवाही र सरकारी पक्षको बेवास्ताका कारण अलपत्र परेको छ ।