देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुस्ताङको थासाङमा हिमपहिरो, ७ जना घाइते

देशान्तर

काठमाडौँ – मुस्ताङको थासाङ गाउँपालिका – २ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले इकान्तिपुरलाई जानकारी दिइन् ।

पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्‍ने आशंका गरिएको उनले जानकारी दिइन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।