देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारामा बलात्कारका घटना बढ्दै

देशान्तर

बारा – बारा जिल्लामा वर्षै पिच्छे बलत्कारका घटना बढ्दै गइरहेको छ । बाराको उत्तरी क्षेत्रमा भन्दा दक्षीण क्षेत्रमा बलत्कारका घटना धेरै हुने गरेको पाईएको छ । यस जिल्लमा पछिल्लो तीन वर्षमा १ सय १७ वटा बलत्कारका मुद्दा दर्ता भएका थिए, भने यो आर्थिक वर्षमा ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । जसमा २९ जना प्रक्राउ परेका छन्, भने १८ जना अझै फरार रहेका छन् ।  त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा क्रम बढेर ४४ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । जसमा ३७ जना प्रक्राउ परेका छन्, भने ११ जना अझै फरार छन् । यस्तै आर्थिक वर्ष २०७७/७८ मा ४० वटा जबरजस्ती करणी मुद्दा दर्ता भएका छन् । जसमा २४ प्रक्राउ परेका छन्, भने २४ जना फरार रहेका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को असोज सम्ममा बारामा ११ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जसमा ७ जना प्रक्राउ परेका छन्, भने ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । यो तथ्याङ्क बारा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका घटनाका आधारमा रहेको भएता पनि बाराको ग्रामिण क्षेत्रहरुमा बलात्कारका घटना घटे पनि त्यो घटना प्रहरी कार्यालय सम्म पुगेको पाईंदैन । ग्रामिण क्षेत्रहरुमा गाउँ स्तर मै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायतीबाटै बसेर केही आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउँने गरेका छन् ।

यता बारा प्रहरीले समेत ग्रामिण क्षेत्रहरुमा गाउँ स्तर मै केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायतीबाटै बसेर मिलाउँन खोजेको खबरका अधारमा समेत हत्क्षेप गरि मुद्दा दर्ता गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मिश्रले बताए । ग्रामिण क्षेत्रहरुमा गाउँ स्तर मैं केही जनप्रतिनिधि, कथित भद्रभलाद्मीहरुको र पञ्चायतीबाटै बसेर बलात्कारीलाई बचाउँनेलाई समेत कारावाही गर्नु पर्ने महिला अधिकारकर्मी गीता कँडेलले बताईन् ।

बलत्कारका घटनाहरु दिनानु दिन बढ्दै जाँदा समाजमा महिला र पुरुष बिच द्वन्द सुरु भएकाले समाजमा नै विकृतिको रूपमा उजागर हुँन थालेको महसुस भएको महिला अधिकारकर्मी अनिता लम्सालले बताईन् । बलत्कारका घटनाहरु दिनानुदिन बढ्दै जाँदा समाजको विकृतिको रूपमा उजागर हुन थालेको महसुस भएको छ । भने सभ्य समाज, अनुशासित नागरिक र व्यवस्थित सभ्यता यी समाज विकासका आधार हुँन् । तर, पछिल्लो समय समाजमा विकृति बढ्दै जाँदा सभ्य समाज र मर्यादिदत पुरुष माथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।