देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षक सेवा आयोगको विज्ञापन मंसिरमा खुल्ने

देशान्तर

काठमाडौं – शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८–७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महीनामा खुल्नेछ ।

खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुन महीनामा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन आगामी साउनमा हुनेछ ।

अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महीनामा शिक्षक सिफारिस गरिनेछ। प्राथमिक तहको हकमा भने शिक्षक सिफारिस गर्न कात्तिक लाग्नेछ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन आगामी मंसिरमा नै मात्र गरिनेछ ।

यसको विषयगत परीक्षा आगामी फागुनमा सञ्चालन गरिने छ भने नतिजा वैशाखमा मात्र सार्वजनिक हुनेछ । आयोगका अनुसार यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिनेछ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा सोही श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सर्वाजनिक गरिनेछ भने माघदेखि चैतसम्म सिफारिस गरिनेछ ।