देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार ८ पीसीआर र १ हजार ५९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ९६६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १५ हजार ९०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।