काठमाडौं – इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणले वायुसेवा संचालक संघले सिफारिस गरेको हवाई भाडा दर अनुमोदन गरेपछि हवाई भाडादर बढाइएको हो । कात्तिक २८ गतेदेखि नै नयाँ भाडा दर लागु भएको संघले जनाएको छ ।
संघकाअनुसार अधिकतम २२० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ । काठमाडौं धनगढी रुटमा सबैभन्दा बढी २२० रुपैयाँ हवाई भाडा बढेको छ ।





प्रतिक्रिया