देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोल्पा जीप दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

देशान्तर

रोल्पा – रोल्पामा आज आइतवार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

माडी गाउँपालिका ६ हान्डिङबाट घर्तीगाउँ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख एवम् डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ज्यान गुमाउनेमा माडी–६ हान्डिङका ५१ वर्षीय चालक रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीया चौसरा विक र १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

यस्तै घाइते हुनेहरूमा त्यही ठाउँकी २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।