
काठमाडौं–मध्यपुर थिमि नगरपालिका स्थित नेवारी समुदाय र काठमाण्डौ उपत्यकाको वास्तु शिल्प र कला झल्कने पार्क निर्माण भएको छ ।
मौलिका शैलिमा निर्माण गरिएको पार्कले संस्कृतिको जगेर्ना गर्ने मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा निर्मित शंखधर पार्कको उद्घाटन आइतवार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ स्थित शंखधर चोकमा करिब १३ रोपनी क्षेत्रफलमा पार्क फैलिएको छ । पार्क निर्माणमा १३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको नगरपालिकाले पार्कमा काठमाडौं महानगरले २ करोड रुपैयाँ सहयोग गरेकोे छ ।
मध्यपुर थिमि नगरपालिकाले एतिहासिक र पुरातात्विक महत्वको सम्पदालाई संरक्षण र पुननिर्माण गर्न योजना बनाएर नै काम गरिरहेको छ ।





प्रतिक्रिया