देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओखलढुंगामा तिर्थालु बोकेको बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

देशान्तर

ओखलढुंगा । ओखलढुंगाको च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

सोमबार बिहानै एकादशी मेला भर्न ककनी जाने तिर्थालु बोकेको प्रदेश नम्बर ३ ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ३ जनाको मृत्यु भएको प्रारम्भीक पुष्टि गरेको छ ।

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हलिकप्टर मार्फत काठमाण्डौ रेफर गने तयारी भइरहेको काफ्लेको भनाई छ ।

दुर्घटना लगतै प्रहरी चौकी कोषहाट र स्थानीयले घाइतेहरुको उद्दार गर्ने काम गरिरहेको सुनकोशी ९ का वडाअध्यक्ष झनककुमार कार्कीले बताए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।