देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्याक्टर पल्टदा २ जनाको मृत्यु

देशान्तर

मोरङ –  मोरङको बेलबारी नगरपालिका(५ कसेनिमा ट्याक्टर पल्टदा सवार २ जना सह-चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अबिनाश मनण्डी रहेका छन्।

हिजो बेलुका ८ बजे को २ त।८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाइते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइति सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।