देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बार एसोसिएसनले फेरि नयाँ कार्यक्रम सार्वजनिक गर्योः उच्च अदालतमा पनि बिरोध प्रदर्शन गर्ने

देशान्तर

काठमाडौं-प्रधान न्यायाधिश चोलेन्द्र समशेर जबरा बिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ ।

मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मलाई आन्दोलनको कार्यक्रम थप गरेको हो ।

आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिदै देश भरिका १८ वटा उच्च अदालतमा समेत बिरोध प्रदर्शन गर्ने निणर्य गरेको छ । मंसीर ३ गते शुक्रबार सम्म प्रधान न्यायाधिश चोलेन्द्र समशेर जबराको राजिनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा बिरोध प्रदर्शन गर्ने निणर्य गरेको छ ।

बैठक पछि संचारकर्मीसँग बोल्दै नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले मंसीर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

यस्तै नेपाल बारले प्रधान न्यायाधिश बिना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रिलाई अनुरोध गर्ने निणर्य पनि गरेको छ ।

यस्तै प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराले अहिले सम्म गरेका बिबादित फैसला सम्बन्धि कागजपत्र संकलन गरि अध्ययन गर्ने निणर्य गरेको छ ।
नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ ।

यस प्रकारको भ्रामक समाचारको विश्वाश नगर्न आग्रह गरेको छ साथै सर्वोच्च अदालत र नेपाल बारको परिशरमा अर्ध सैनिकखबल प्रवेश गराई बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निणर्य गरेको छ ।

नेपाल बारले आन्दोलन अबधिभर प्रधानन्याधिश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निणर्य गरेको छ ।

यस्तै न्याय परिषद र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले अनुरोध गर्ने निणर्य गरेको छ ।