देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि ई–पासपोर्ट जारी गर्दै सरकार

देशान्तर

काठमाडौं । राहदानी विभागले आजबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिनेछ ।

ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।

विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ ।

पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ । मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन् ।

ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ । चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण सुरक्षित रहने बताईएको छ ।