देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कटुवा पेस्तोलसहित एक जना युवक पक्राउ

देशान्तर

काठमाडौं– रूपन्देहीको तिलोत्तमा नगरपालिका- १४ दुर्गानगरबाट एक थान कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन्। तिलोत्तमको बिन्दुनगरका २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।