
सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच भएको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति भएको छ ।
नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच मंगलबार सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउनका लागि आग्रह गर्ने निणर्य समेतभएको सर्बोच्च अदालत सूत्रले जनाएको छ ।
एक न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकले नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । जसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषय रहेको छ ।
सो सहमतिसँगै १४ न्यायाधीशहरूले मुख्य रजिस्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न भनिएको ती न्यायाधीशले बताए । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।
न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ । तर, प्रधानन्यायाधीशको राजीनामाको अडान भने उनीहरुले कायमै राख्ने भएका छन् । आजको न्यायाधीशहरुको बैठकमा जबरा कित्तामा रहेका भनिएका ५ न्यायाधीश भने सहभागी भएका थिएनन् ।





प्रतिक्रिया