देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज अमेरिकी उपसहायक मन्त्री नेपाल आउँदै

देशान्तर

काठमाडौं । बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङ काठमाडौँ आइपुग्ने भएका छन् । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि बुधबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । माल्दिभ्सको राजधानी मालेदेखि उनी सीधै काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी राजदूत र्यान्डी जे बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बेरीलाई स्वागत गरेका थिए । दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । उक्त मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन समेत गर्ने भएका छन् ।