देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कृषि सचिव फेरिए, पशुतर्फ निरु दाहालको पदस्थापना

देशान्तर

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पशु सचिव डा. गोविन्द शर्मा कृषि सचिवमा सरुवा भएका छन् ।

पशु सचिवमा भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका निरु दाहालको पदस्थापना भएको छ । एक साता अघि बसेको मन्त्रिपरिषद् बैठकले एक सचिवको सरुवा र एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको हो ।

बुधबार मात्रै दुवै सचिवले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा पदभार ग्रहण गरेका छन् । कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फका सहसचिव दाहाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फको एक सचिव पद रिक्त भएको थियो ।