दाङ – रोल्पाको माडी गाउँपालिका -४ तार्केबाङमा भएक बस दुर्घटनामा परी मृत्यु हुने चारैजनाको सनाखत भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-५ का बस चालक ४० वर्षीय वीरमान बुढा, परिवर्तन(६ का ५० वर्षीय कुमार पुन, परिवर्तन-१ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका-४ की १८ वर्षीया पुष्पा घर्ती मगर रहेका छन्।
बिहीबार साँझ दाङको घोराहीबाट थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रुवाहक बस बिहीबार बेलुकी पौने ६ बजे दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको थियो। दुर्घटना परी १९ जना घाइते भएका छन् घाइतेमध्ये परिवर्तन-२ की २१ वर्षीया अनिता बोहराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए।
रानाका अनुसार घाइतेमध्ये पाँचजनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। त्यस्तै‚ अन्य ११ जनाको रोल्पा जिल्ला अस्पतालमा र तीनजनाको घर्तीगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बस सडकदेखि करिब १०० फिट तल खसेको प्रहरीले जनाएको छ। बाटो साँघुरो र अप्ठेरो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।





प्रतिक्रिया