देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राखेपका ९ जना बोर्ड सदस्य बर्खास्त

देशान्तर

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको छ। मन्त्रालय स्रोतका अनुसार रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटलाई बर्खास्त गरेको हो।

त्यस्तै उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईलाई पनि बर्खास्त गरेको छ।

यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयअनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण मागेका थिए। चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि उनीहरुलाई बर्खास्त गरेको मन्त्रालय स्रोतको दाबी छ।

उनीहरुलाई तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए।