देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानन्यायाधीले वार्ताका लागि पठाए नेपाल बारलाई पत्र

देशान्तर


काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन् ।

बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो ।

पत्र आए लगतै अध्यक्ष श्रेष्ठले बैठकमा पढेर सुनाएका थिए । बार अनुसार अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा पत्रमा उल्लेख रहेका छन् । उनले संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको पनि बताइएको छ ।