देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै

देशान्तर

वाग्मती – मकवानपुर जिल्लामा हाल एचआईभी सङ्क्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ ।

यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटाँैडा अस्पतालले जनाएको छ ।प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ सङ्क्रमित देखिने गरेको छ । उक्त अस्पतालका अनुसार जिल्लामा ती सङ्क्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गीे रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गरेको जानकरी दिँदै मकवानपुरका केही सङ्क्रमितका साथै अन्य जिल्लाका सङ्क्रममितले समेत एआरटी खाइरहेका बताए। सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ । एचआईभी हँदैमा एड्स नहुने र एचआईभी सङ्क्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनको भनाइ थियोे छ ।

सङ्क्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणुु वृद्धि भएर सङ्क्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने काउन्सुलर श्रेष्ठले बताए । एचआईभी सङ्क्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने, पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो ।