देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्राउन सुगरसहित २ जना पक्राउ

देशान्तर

जनकपुरधाम – सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

नरहा गाउँपालिका वडानम्बर ३ स्थित डण्डाटोल जाने बाटोबाट सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरालाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले बताए ।

उनका अनुसार यी दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको छ ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।