देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ३८५ जना कोरोना संक्रमित पुष्टि, ४ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ४८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म नेपालमा ३० दशमलब १ प्रतिशतले पहिलो मात्रा र २६ दशमलब २ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।