देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल–भारत आउजाउ गर्न पाइने खोप कार्ड अनिवार्य

देशान्तर

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत(जावत गर्न पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा। रोशन पोखरेलका अनुसार दुवै देशका नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर दुवै देशमा निर्वाध रुपमा आउजाउ गर्न पाउनेछन् ।

यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या थियो ।