देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब जापान र अस्ट्रेलिया पढ्न जान पाइने

देशान्तर


काठमाडौं-उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ ।

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीहरुले अब जाँदा के-कस्ता सावधानी अपनाउनु पर्छ भन्नेबारे अभिभावक र विद्यार्थीहरुलाई सतर्क गराउने लक्ष्यसहित पत्रकार सम्मेलन गरिएको बताए । उनले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरुमा जाँदा क्वारेन्टाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरुसँग बुझेर मात्रै जानु पर्ने बताए ।

अध्यक्ष पाण्डेले भने, ‘जापान सरकारले केही दिन अघि र अस्ट्रेलिया सरकारले हिजोबाट बोर्डर ओपन गरेर नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लिएर जाने निणर्य गरेको छ, नेपाली विद्यार्थीहरु के के सावधानीसहित के-के कुरा बुझेर, कसरी जानुपर्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक सजग बनाउने हेतुले हामीले बोलाएका हौँ ।

अस्ट्रेलिया डिसेम्बर १ पछि जान पाउने भन्ने निणर्य भएको छ, अझै पनि धेरै शहरहरुमा क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता छ, नबुझिकन जाँदा विद्यार्थी अलपत्र पर्न सक्छन् भन्ने कुरामा सजग बनाउनलाई हो, तीन वटा राज्यबाहेक अन्य राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको कारण विद्यार्थीहरुलाई शतर्क बनाउन पत्रकार सम्मेलन गरिएको हो ।’

अध्यक्ष पाण्डेले जापान जाने विद्यार्थीहरुको हकमा भने सिओइ आएकाहरुले पनि एडिशनल स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने नियम बनाएको भन्दै त्यसतर्फ सचेत रहन र हतारमा अपोइन्टमेण्ट लिने र सिट बुक गर्ने काम नगर्न आग्रह गरे ।