देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दक्षिण अफ्रिकाबाट युरोपदेखि इजरायल र हङकङसम्म पुग्यो कोरोनाको नयाँ भेरियन्टः नेपालको तयारी शून्य

देशान्तर


दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको ‘नयाँ भेरियन्ट’ दक्षिण अफ्रिकाबाट युरोपदेखि इजरायल र हङकङसम्म पुगेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको मानिएको छ । यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा कार्यरत् अधिकारीहरूका अनुसार अहिले भारतले दक्षिण अफ्रिका तथा आसपासबाट भित्रिनेहरूलाई कडाइ थालिसकेको छ ।

भारतमा दुई जना त्यस्ता बिरामी देखिएसँगै भारतले जमिनको सीमा तथा हवाई उडानमा कडाइ गरिसकेको छ ।

यो भेरियन्ट नेपालमा भित्रिने खतरा बढिसकेको छ । तर, नयाँ भेरियन्टको कोरोना रोकथामबारे सरकारको तयारी भने छैन ।

अधिकारीहरू अहिले ओमिक्रोनबारे छलफलमात्रै गरिरहेका छन् । सिसिएमसी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमातहत छ । पहिले प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सिसिएमसी हटिसकेको छ ।

पहिले पूर्वरथी बालानन्द शर्मालाई सिसिएमसीको संयोजक तोकिएको थियो । गत वर्ष जेठमा कोरोना कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको अवधि सकिएसँगै गत असोजयता केन्द्र निष्क्रिय छ ।

केन्द्रमा रहेका शर्मा असोजदेखि हटिसकेका छन् । त्यसयता केन्द्रको जिम्मेवारी प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई दिइएको छ ।

हाल सिसिएमसीका संयोजक रहेका न्यौपानेका अनुसार आइतबार पनि बैठक बसेको थियो । बैठकले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको विषयमा समीक्षा गरेको छ ।

अरू देशबाट हुने उडान तथा त्यहाँबाट फैलन सक्ने नयाँ भेरियन्टबारे पनि मन्त्रिपरिषदले नै निणर्य गर्नुपर्ने भए पनि नेपालले अहिले सम्म कुनै काम गरेको छैन ।