देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शनः न्यायाधीश भने अस्पताल भर्ना

देशान्तर


नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेको छ ।
न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले आज सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो ।
धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा भोलीेदेखि लागू हुन लागेको गोलाप्रथाको स्वागत गरेका छन् । जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागू नभएकाले सो स्थानमा कालोपट्टी बाँधेर काम गर्ने बताए ।
प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्चमा धर्ना दिइरहेको छ । यता, कोभिड संक्रमणका कारण प्रधानन्यायाधीश जबरा हिजोदेखि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा भर्ना भएका छन् । अस्पताल भर्ना भए पनि उनको स्वास्थ्य अवस्था ’स्थिर’ रहेको अस्पतालले जनाएको छ ।