देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमानस्थलभित्र ट्याक्सीेको ठगीे विरुद्ध निःशुल्क हायस सञ्चालनमा

देशान्तर


काठमाडौं-देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलभित्र अनेकन बेथितिका छन् । तीमध्ये यात्रुहरूले भोग्नुपरेको साझा समस्या ट्याक्सीकोको ठगी पनि एक हो ।
विमानस्थलबाट ओर्लिएर बाहिरी सडकसम्मको दूरी मुस्किलले ५ सय मिटर छ । लगेजसहित आउनेहरूलाई १०-१५ मिनेट पैदल हिँडेर त्यहाँसम्म आइपुग्न कठिन हुन्छ । त्यसैले ट्याक्सी प्रयोग गर्नुपर्ने वाध्यता पर्छ । र, यस्ता यात्रुहरूबाट ट्याक्सीहरूले मनोमानी भाडा असुल्ने गरेका छन् ।

यही जनगुनासोलाई सम्बोधन गर्दै आजबाट सरकारले विमानस्थलभित्रै यात्रुवाहक बस सेवा सञ्चालनमा ल्याएको छ । त्यो पनि निःशुल्करूपमा । अब ट्याक्सीलाई महंगो भाडा नतिरिकन विमानस्थल टर्मिनलबाट सडकको गोल्डेन गेटसम्म आइपुग्न सकिन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २० दिनभित्र विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रुवाहक बस सेवा सुरू गर्न निर्देशन दिएका थिए । त्यसबमोजिम आजदेखि निःशुल्क यात्रु बोक्न ३ वटा हायसहरू सञ्चालन गरिएका छन् । सेवा शुभारम्भका क्रममा मन्त्री आले आफैं विमानस्थलमा पुगेर हायस चढेका थिए ।
पहिले पनि ट्याक्सीले यात्रु ठगेको भन्दै विमानस्थलले प्रहरीलाई संचालनका लागि एउटा हायस दिएको थियो । मन्त्री आलेको निर्देशनपछि प्रहरीलाई दिएको सो हायससमेत फिर्ता ल्याएर सेवा सुरु भएको हो । सार्वजनिक खरिद ऐन अनुसार बस खरिद गर्न समय लाग्ने भएकाले आफैंसँग भएको हायस चलाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

हायसको अगाडिको सिट सामान हाल्नका लागि झिकिएको छ । एउटा हायसमा १० जना यात्रु हटाउँछन् । अब अन्तर्राष्ट्रिय विमानबाट आएर झरेका यात्रुहरू आन्तरिक टर्मिनलमा आउन चाहे भने पनि त्यसैले ओसार्ने व्यवस्था मिलाउने तयारीमा विमानस्थल लगेको छ ।

पछिल्लो समय विदेशबाट आउने यात्रुहरूलाई तातो र चिसो पिउँने पानीको पनि व्यवस्था गरिएको छ । मन्त्रीको निर्देशनमा नै विदेशबाट आउने यात्रुलाई पिउँने पानी र बस्ने व्यवस्था गरेको ठाकुरले बताए ।