रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन शुरु भएको छ । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।
१७ औं वार्षिकोत्सवमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले ९ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्नेछिन् ।
यो कार्यक्रममका लागि राष्ट्रपति आज मध्याह्न १२ बजे लुम्बिनी आउने कार्यक्रम छ । सो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको रजिष्टार तिलक आचार्यले जानकारी दिए ।
सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।
थेरवाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागारिका प्रितिवती र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकिने भन्दै थेरवादी परसम्पराको प्रर्वद्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।





प्रतिक्रिया