देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३२ टन चिया नष्ट गरिँदै

देशान्तर

वाग्मती – जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो ।

गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।