देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थापाथलीमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

देशान्तर

काठमाडौं । काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी टिपरले विपरीत दिशातर्फ आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती घर भई काठमाडौंको सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो । थापाथलीमै रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटरको पछाडि सवार सोही ठाउँका २२ वर्षीय आशिष हुमागाईंको नर्भिक अस्पतालममै उपचार भइरहेको छ । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।