देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप २०५ जना कोरोना संक्रमित पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४३६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ।उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। १०७ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।