
काठमाडौँ- संसदीय सुनुवाइ विशेष समितिले अमेरिका, बेलायत र भारतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार प्रस्तावित तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।
सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि राजदूत प्रस्ताव गरेको थियो । मन्त्रिपरिषदले प्रस्ताव गरेको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि
राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानूनी व्यवस्था छ । तीनै जना राजदूतको नाम अनुमोदन भएसँगै अब उनीहरुको नियुक्ति हुनेछ ।





प्रतिक्रिया